
विराटनगर । मोरङकाे रतुवामाई नगरपालिका-४ भद्रचाेकमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक झापाको गाैरीगन्ज गाउँपालिका-६ का २८ वर्षीय वरूणकुमार राजवंशीकाे मृत्यु भएको हाे ।
विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार राति १०ः३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

संगालोखबर 

















