काठमाडौं, १० कात्तिक । झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। अर्जुनधाराका एक बालक हत्या बिरोधमा शुक्रबार बिहानबाट स्थानीयले बिर्तामोडमा बिरोध प्रदर्शन गरेका थिए ।

Advertisement

प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले दिउँसो साढे एक बजेबाट निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाको उल्घंघन गर्दै स्थानीयले इलाकमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीको गोली लागेर इलाम दानाबारीका मणि नेपाली र अर्जुनधारा ११ का नरेश थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए।

घाइतेमध्ये थापाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना बारे थप विवरण आउन बाँकी रहेको छ।

दसैंको टीकाको भोलिपल्ट मृत भेटिएका अर्जुनधारा-११ का ११ वर्षीया बालक लक्ष्मण शिवाकोटीको हत्या भएको र हत्यारालाई प्रहरीले संरक्षण गरेको आरोपमा स्थानीयले प्रर्दशन गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!