
विराटनगर । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदासँगै कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।
बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको लागि यो समय निर्धारण गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ ।
शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय भोलिबाट लागू हुने छ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याका कारण यस्तो निर्णय भएको सरकारले जनाएको छ ।

संगालोखबर 






















