
विराटनगर । मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा कानेपोखरी-५ का अन्दाजी ६० वर्षीय नरेश काफ्लेको मृत्यु भएको हो ।
रंगेलीबाट रमाइलोतर्फ आउँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई शनिबार दिउँसो ४ः३० बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । उनको साँझ ६ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी-५ का अन्दाजी ३० वर्षीय अभिषेक कार्की घाइते भएका छन् । प्रहरीका अनुसार कार्कीको अवस्था सामान्य छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 




















