
विराटनगर । हास्य टेलिसिरियलबाट चर्चामा आएका कलाकार सागर लम्साल ‘बले’ ले बलात्कार गरेको गम्भीर आरोप लागेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस सार्वजनिक गर्दै एक युवतीले करिब एक वर्षअघि अमेरिकामा आफू बलात्कृत भएको दाबी गरेकी हुन् ।
पीडितका अनुसार घटना भएको समयमा उनी डिप्रेसन र एन्जाइटीका कारण मानसिक रूपमा कमजोर अवस्थामा थिइन् । अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेकै बेला नेपालबाट चिनजानका व्यक्तिहरू अमेरिका पुगेपछि परिवारकै सुझावमा उनीहरूसँग भेटघाट गरेको बताइएको छ ।
युवतीले सागर लम्साललाई आफूले दाइ नाता लगाउने व्यक्ति भएको र करिब १० वर्षदेखि चिन्ने गरेको उल्लेख गरेकी छन् । भेटका क्रममा ‘बस्ने ठाउँ हेर्न’ भन्दै अपार्टमेन्ट पुगेपछि आफूले आफ्नो मानसिक अवस्था सुनाउँदै रोइरहेका बेला लम्सालले विश्वास तोड्दै बलात्कार गरेको दाबी उनले गरेकी छन् ।

संगालोखबर 


















