संगालोखबर


विराटनगर । आजबाट प्रतिनिधि सभाको बैठक सुरु हुँदैछ । आजको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि संसदमा सम्बोधन गर्नेछन् । तर उनले समय थोरै दिइएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

उनले ७ मिनेट समय दिइएको प्रति असन्तुष्टि व्यक्त गर्दै १ घण्टा ७ मिनेट बोल्न मन भएको उल्लेख गरेका छन् ।

‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ उनले लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!