संगालोखबर


विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ शान्तिचोकबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । विराटनगरबाट गएको सार्वजनिक यातायातमा चेकजाँच गर्दा प्रहरीले कपडा बरामद गरेको हो ।

बरामद भएको कपडाको मूल्य करिब २ लाख ५७ हजार ८ सय पर्ने सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद भएको लत्ताकपडा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

Advertisement

आवश्यक कारबाहीका लागि कपडा सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!