
विराटनगर । विराटनगरको भानु कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाई गरेको छ । कलेजले विज्ञान र व्यवस्थापन संकायका ३ सयभन्दा बढी विद्यार्थीहरूलाई बिदाई गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मोहन श्रेष्ठले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । उनले कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षालाई आगामी परीक्षा र व्यावहारिक जीवनमा समेत सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा हिसानले लिएको आन्तरिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विज्ञान संकायमा प्रथम हुने अनु कामत, द्वितीय हुने सीता श्रेष्ठ र तृतीय हुने अनुकुमारी यादवलाई पुरस्कृत गरिएको हो ।
त्यसैगरी व्यवस्थापन संकायमा प्रथम हुने रोमन साह, द्वितीय हुने समीक्षा खातुन र तृतीय हुने प्रिन्स शर्मालाई पनि कलेजले सम्मान गरेको छ ।
उक्त समारोहमा कलेजका संस्थापक प्रा.डा. राजुकुमार थापा, निर्देशक वसन्तकुमार बस्नेतलगायतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

संगालोखबर 



















