
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेबाट एसईई परीक्षा सुरु भएको हो ।
चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी छन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५ सय ६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना छन् ।
परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सामेल भएका छन् ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

संगालोखबर 



















