
इटहरी । सुनसरीको मालपोत र यातायात कार्यालयबाट १८ जना विचौलिया पक्राउ परेका छन् । सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा सेवा प्रवाहमा बाधा र्पुयाउने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
इनरुवा नगरपालिका-३ स्थित मालपोत कार्यालय क्षेत्रबाट १३ जनालाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यसैगरी कोशी प्रदेश यातायात व्यवस्था कार्यालय इटहरीबाट पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १६ पुरुष र दुई महिला छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















