
विराटनगर । विराटनगरबाट दिउँसै खसी चोरी भएको छ । विराटनगर-१२ स्थित तुलसा तामाङको करेसाबारीबाट खसी चोरी भएको हो ।
विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्रीले खसी चोरी हुँदै गरेको फोटो (सीसीक्यामेरा फुटेज) सामाजिक सञ्जालमा पोष्ट गर्दै पहिचानको लागि सहयोगको अपिल गरेका छन् ।
तामाङले मंगलबार दिउँसो २ बजेतिर खसी चोरी भएको बताइन् । ‘खोर सफा गर्ने क्रममा करेसाबारीमा खसीलाई निकालिएको थियो’, उनले भनिन्, ‘दिउँसै चोरले लिएर गए ।’ सीसीक्यामेरा फुटेजमा दुई जना मानिसले खसी लिएर गएको देखिन्छ ।

संगालोखबर 



















