संगालोखबर


विराटनगर । विराटनगरमा लागूपदार्थ सेवन गरेर सफारी चलाउने गरेको पाइएको छ । विराटनगर-१५ स्थित हुलास चोकमा प्रहरीले चालकहरूमा गरेको चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरेर सफारी चलाउने १० जना चालक पक्राउ परेका छन् ।

सोही क्रममा एक जना मोटरसाइकल चालकलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेहरूमा विराटनगर-१७ का सारुड मियाँ, १६ का अमृत कामत, १५ का सुनील थापा, १३ का शंकर महतो, १० का मोहमद इन्तियाज, ८ का प्रमोद पासवान, राजेश राम, ६ का शिवम साह, सुरज पासवान र मोरको कटहरी गाउँपालिका-२ का सुरेश मण्डल छन् । यस्तै सुनसरीको इटहरी-९ का मञ्जिल लिम्बू पनि पक्राउ परेका छन् ।

मुख्य राजमार्ग तथा भित्री सडकहरूमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै चालकहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रहरीले सबै चालकहरूलाई मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!