
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिलो भएको हो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो । गत शनिबार पनि ओली पक्राउ परेकै दिन सचिवालय बैठक बसेको थियो ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको थियो ।
एमालेले आजको बैठकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिने नीतिका सन्दर्भमा छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ ।

संगालोखबर 



















