संगालोखबर
फाइल तस्बिर

विराटनगर । आज पहाडी र हिमाली भेगका धेरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनअनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही ठाउँहरू तथा बाँकी भू-भागका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

Advertisement

दिउँसोपछि काठमाडौं उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । भोलि पनि कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै ठाउँहरू तथा  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै पर्सि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!