संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको घर निर्माण प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनी सोमबार सम्पन्न भएको हो ।

प्रदर्शनीमा सहभागी ८० भन्दा बढी स्टलमध्ये विभिन्न विधामा उत्कृष्ट ५ स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै कार्यक्रम समापन भएको छ ।

Advertisement

चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा भएको प्रदर्शनीमा उपभोक्ताहरूको अवलोकन, सामाजिक सञ्जालमार्फत गरिएको भोटिङ र निर्णायक समितिको मूल्यांकनका आधारमा उत्कृष्ट स्टलहरूको छनौट गरिएको थियो ।

कार्यक्रममा कोशीका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले देशको वर्तमान आर्थिक अवस्थामा स्वदेशी उत्पादनको प्रवर्द्धन र सुस्ताएको बजारलाई चलायमान बनाउन यस्ता प्रदर्शनीले ठुलो टेवा पुर्याउने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको यो घर निर्माण प्रदर्शनी पूर्ण रूपमा सफल भएको दाबी गरे ।

समापन कार्यक्रममा उद्योग संगठनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!