
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले ‘प्लस टु’ अध्ययन पुरा गरेका १७ औं ब्याजका विद्यार्थीहरूलाई बिदाई गरेको छ । कलेजले आज विराटनगरको जहदा रोडस्थित सीटी प्यालेसमा कार्यक्रम आयोजना गरेर विज्ञान संकायका ८८२ र व्यवस्थापन संकायका २२६ विद्यार्थीलाई बिदाई गरेको हो ।
कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्षसमेत रहेका कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफ्नो रुची र क्षमता अनुसारको पढाई अघि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए ।

कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्काले उत्कृष्ट शिक्षा र राम्रो व्यवस्थापनका कारण शिक्षादीप सँधै विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने गरेको अनुभव सुनाउँदै शिक्षादीपलाई अझै उत्कृष्ट कलेज बनाइने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कलेजका प्रमुख निर्देशक रमेशकुमार मण्डल, निर्देशकहरू राजेन्द्रप्रसाद यादव, रामचन्द्र अधिकारी, विज्ञान संकाय संयोजक नविन कुमार राय लगायतले मन्तव्यमार्फत विद्यार्थीहरूलाई उज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा केही विद्यार्थीहरूले मन्तव्यमार्फत आफ्नो अनुभव सुनाएका थिए । सो क्रममा बोल्ने विद्यार्थीहरूले शिक्षादीप कलेजमा राम्रो शिक्षामात्र नभएर भविष्यको सही मार्गनिर्देश पनि पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

सीटी प्यालेसमा खचाखच उपस्थितिमा भएको कार्यक्रममा विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुतिले थप रौनकता बढाएको थियो ।
भिडियो…

संगालोखबर 



















