संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर चार हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार सात सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!