संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरस्थित जैन भवनमा जारी प्रदर्शनीको चौथो दिनको थिमेटिक सेसनमा स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल भएको छ ।

आजको थिमेटिक सेसनको ‘विद्युतीय सुरक्षा र ऊर्जा दक्षता’ सत्रमा बोल्दै इन्जिनियर वसन्त राज ओझाले विद्युतीय उपकरणको चयन र खरिद गर्दा उक्त उपकरणबारे पर्याप्त जानकारी भए सो कुराले ऊर्जा जोगाउन भूमिका खेल्ने बताए ।

Advertisement

उनले ऊर्जा दक्षताका लागि उपयुक्त विद्युतीय उपकरण खरिदले घरको आर्थिक बचतमा समेत भूमिका खेल्ने धारणा व्यक्त गरे ।

‘इन्टेरियर डिजाइन अवधारणा : स्पेस प्लानिङ्ग, उपयोगिता, सौन्दर्य’ शीर्षकको सत्रमा बोल्दै इन्टेरियर डिजाइनर नितेश लोहियाले इन्टेरियर डिजाइनिङ खर्चिलो हुन्छ भन्ने समाजमा भ्रम रहेको उल्लेख गरे ।

उनले डिजाइनिङ गर्दा अन्तर्राष्ट्रिय वस्तुको प्रयोग भन्दा बाँसलगायतको स्वदेशी वस्तुको प्रयोगमा जोड दिनु पर्ने बताए । ‘सोलार घर : दिगो आवासको लागि’ शीर्षकको सत्रमा बोल्दै सोलार व्यवसायी अपार न्यौपानेले सोलार ऊर्जा नविकरणीय ऊर्जा भएकोले भविष्यमा एकदमै महत्त्व हुने बताए ।

उनले सोलारलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिने र अधिक भएको सोलार ऊर्जालाई वैकल्पिक माध्यमबाट स्थानान्तरण गर्न उपायमा जोड दिनु पर्ने बताए ।

प्रदर्शनीको अन्तिम दिन ‘मर्मत सम्भार तथा ट्रिटमेन्ट ः संरक्षण, मर्मत र भवन आयु वृद्धि’ थिममा विशेषज्ञहरूसँग अन्तरक्रिया र छलफल हुने उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!