संगालोखबर


विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले एक जनप्रतिनिधि र व्यापारीसहित नौ जना पक्राउ गरेको छ । शनिबार राति विराटनगरस्थित वंशी राठीको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ का वडा सदस्य शेरसिंह दुगडसहित प्रतिष्ठित व्यवसायीहरू सुशील मुन्दडा, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश राठी, बजरङ्ग राठी, विनीतलाल लालबनी र बलराम खत्री  छन्।

Advertisement

मोरङ प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट झन्डै एक लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरूमाथि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!