
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेर चार हजार सात सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















