संगालोखबर


विराटनगर । विराटनगरको नेपाल बिजनेश कलेजले आगामी अप्रिल १० तारिखमा लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ । जैन भवनमा हुने कार्यक्रममा ‘एमटि ८८४८’ ब्यान्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक अभ्यासका रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कन्सर्टको यो तेस्रो संस्करण हो ।

Advertisement

कलेजकी निर्देशक पिंकी शर्माका अनुसार विद्यार्थीहरूलाई पढाइसँगै व्यावहारिक ज्ञान दिलाउन यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम सम्पन्न गर्न करिब ११ लाख ७७ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको कलेजले जनाएको छ ।

कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाले यो कार्यक्रम विद्यार्थीहरूको ‘इभेन्ट म्यानेजमेन्ट’ विषयको प्रयोगात्मक हिस्सा भएको जानकारी दिए । उनका अनुसार सहयोगी दाता खोज्नेदेखि कलाकार छनोट र सम्पूर्ण व्यवस्थापन विद्यार्थीहरू आफैँले गरेका छन् ।

सांगीतिक कार्यक्रमबाट संकलन भएको सम्पूर्ण मुनाफा सामाजिक क्षेत्रमा खर्च गरिने कलेजले जनाएको छ । यसले विद्यार्थीहरूलाई अध्ययनका साथै समाजसेवामा पनि उत्प्रेरित गर्ने कलेजले विश्वास लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!