
विराटनगर । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।
‘नेपालको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई’, उनले लेखेका छन् । उनले बालेनको नियुक्ति नेपाली जनताले नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब भएको उल्लेख गरेका छन् ।
भारत-नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्याउन बालेनसँग नजिकबाट काम गर्न उत्सुक रहेको उनले लेखेका छन् ।

संगालोखबर 


















