संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । सुनसरीको इनरुवा घर भएकी मेहता समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा चयन भएकी थिइन् ।

२०७९ को निर्वाचनमा पनि रास्वपाले उनको नाम समानुपातिकतर्फ राखेको थियो । उनी दोस्रो प्रयासमा सांसद बन्न सफल भइन् । भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी उनले विराटनगरको विराट टिचिङ अस्पतालमा काम पनि गरेकी थिइन् ।

Advertisement

मेहताका श्रीमान् प्रहरी नायब उपरीक्षक डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!