
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री शाहले आजै शपथ र पदभार ग्रहण गर्नेछन् ।
बालेन नेतृत्वको सरकारमा उनीसहित १५ जना मन्त्री हुनेछन् । शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री, सोबिता गौतम कानुन मन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बन्नेछन् ।
यस्तै विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री, सुधन गुरुङ गृहमन्त्री, अमरेश सिंह उद्योग मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, गीता चौधरी कृषि मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री र दीपक साह श्रम मन्त्री बन्नेछन् ।
सस्मित पोखरेल शिक्षा मन्त्री, खड्क पौडेल (गनेश) पर्यटन मन्त्री, सीता वादी महिला तथा बालबालिका मन्त्री र निशा मेहता स्वास्थ्य मन्त्री बन्ने भएका छ बन्ने भएका छन् ।

संगालोखबर 



















