
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयमा आज दिउँसो १२ः३४ मिनेटको साइतमा शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी छ ।
शपथग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठको व्यवस्था गराउन रास्वपाले राष्ट्रपति कार्यालयलाई आग्रह गरेको छ । शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २ः१५ बजे पदभार ग्रहण गर्ने तय भएको छ ।

संगालोखबर 



















