
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० विष्णुपादुकाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय शिखर राई र विश्व राई छन् ।
प्रदेश १-०२-०५४ प ०९४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई १७ किलो गाँजासहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















