
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ वटा निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ ।
त्यस्तै प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ । वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय आजको बैठकले गरेको मन्त्री पराजुलीले जानकारी दिए ।
यस्तै गत असोज १८ र १९ गते बाढी पहिरो साथै चैत्र १ र २ गते आएको हावा हुन्डरीबाट क्षति भएको क्षेत्रमा पुनर्निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको छ ।

संगालोखबर 



















