संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा कानेपोखरी गाउँपालिका-७ का ५८ वर्षीय वीरेन्द्र कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७ः४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

Advertisement

टिपर चालक कानेपोखरी-५ का २९ वर्षीय अभिषेक दर्जीलाई नियन्त्रणमा लिइएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!