संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । सुनसरीको धरानबाट युवतीलाई अपहरण गरी बलात्कार तथा लुटपाट गरेको आरोपमा सिटी सफारी चालक पक्राउ गरेका छन् । चैत ६ गते साँझ १७ वर्षीया युवतीलाई अपहरण गरेर बलात्कार र लुटपाट गरेको आरोपमा सफारी चालक सुनसरीको रामधुनी नगरपालिका-२ का २६ वर्षीय रोशन विश्वकर्मा पक्राउ परेका हुन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँस्थित मावली घरबाट आफ्नो पुरानो कपडा लिन धरानस्थित घर आएकी युवतीलाई सफारीमा लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको सूक्ष्म अनुसन्धान गर्दा विश्वकर्माले बालिकालाई धरान उपमहानगरपालिका ००१ ह ०१७८ नम्बरको सफारीमा राखेर लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपितले युवतीलाई एकान्त स्थानमा लगेर कुटपिट गरी अचेत बनाएर जबरजस्ती करणी गरी उनको मोबाइल समेत लुटेर फरार भएको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

पीडित युवतीले दिएको किटानी जाहेरीमा आरोपितले साकेला पार्क नजिकको जंगलमा लगी हात बाँधेर कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!