
विराटनगर । विराटनगर महानगरपालिका-१४ जतुवामा ग्यास सिलिन्डर विस्फोट हुँदा आमा-छोरा घाइते भएका छन् । आज बिहान १० बजेतिर खाना पकाइरहेको अवस्थामा स्थानीय टंक खत्रीको घरमा ग्यास सिलिन्डर विस्फोट भएको हो ।
ग्यास विस्फोट हुँदा ४२ वर्षीया निर्मला खत्री र उनका छोरा १९ वर्षीय धीरज घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निर्मलाको अनुहार, छाती लगायत शरीरको १८ प्रतिशत भाग जलेको छ । धीरजको ५ प्रतिशत शरीरको भाग जलेको प्रहरीले जनाएको छ ।

संगालोखबर 


















