संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार छ सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय र आइतबार दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि चाँदीको मूल्य बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार सय १५ रुपैयाँ बढेर चार हजार नौ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला चार हजार चार सय २५ र आइतबार चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!