संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-१५ हर्ताली हाटका रोशन साहले पत्नीको हत्या गरेर शव कल्भर्टमा फ्याँकेको खुलेको छ । मंगलबार साँझ विराटनगर-१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि पानीभित्र फालिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साहले ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेर हातखुट्टा बाँधेर तन्नाले बेरेर कल्भर्टमा शव फ्याँकेको खुलेको हो । शव फ्याँकिएको स्थान घरबाट करिब ४-५ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ ।

Advertisement

‘शवको सनाखत भएपछि पतिलाई नियन्त्रणमा लिएका छौँ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले संगालोखबरसँग भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रोशनले घाँटी थिचेर पत्नीको हत्या गरेको खुलेको छ ।

शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न समस्या भएपनि प्रहरीले हराएका व्यक्तिहरूको विवरणका आधारमा अनुसन्धान गरेको थियो । सो क्रममा प्रहरीले शव कोमलकुमारीको भएको पुष्टि गरेको हो ।

कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन भएको भन्दै रोशनले नै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएको खुलेको छ । रोशनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!