
विराटनगर । विराटनगर महानगरपालिका-१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिककैको कल्भर्ट मुनि शव फेला परेको छ । आज साँझ दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला परेको हो ।
‘दुबै खुट्टा बाँधेर तन्नाले बेरेर फ्याँकेको अवस्थामा शव फेला परेको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले संगालोखबरसँग भने, ‘अहिले कल्भर्टबाट शव निकालेर आवश्यक कानुनी प्रकिया पूरा गर्ने काम भइरहेको छ ।’
उनका अनुसार शवको शरीर फुलेको र कपाल झरेको छ । मृतकको अहिलेसम्म पहिचान खुल्न नसकेको डीएसपी लामिछानेले जानकारी दिए । फरेन्सिक डाक्टरसहित प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 


















