संगालोखबर

धनकुटा । धनकुटाको हिलेमा आजबाट १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका ‘रामनवमी कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । हिले भलिबल क्लबको आयोजनामा सुरु भएको उद्‌घाटन खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।

Advertisement

भोजपुरकै हतुवागढी गाउँपालिकालाई १९-२५, २५-२३, २४-२६, २५-०९, १५-१० को सेटले हराउँदै रामप्रसादले विजयी सुरुवात गरेको हो ।प्रतियोगितामा पूर्वका नौ पालिकाको सहभागिता छ ।

भोजपुरको आमचोक, रामप्रसाद राई,  अरुण, हतुवागढी गाउँपालिका, षडानन्द नगरपालिका, धनकुटाको पाख्रीबास नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका र झापाको कन्काई नगरपालिकाको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष संजिव तामाङले जानकारी दिए ।

प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छ ।

प्रतियोगिता अन्तरगत फाइनल खेल रामनवमी अर्थात चैत १३ गते हुने छ ।  हिलेमा रामनवमीको अवसरमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!