
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-७ मा २१० फिट अग्लो नेपालको झण्डा फहराइएको छ । जुन नेपालकै सबैभन्दा अग्लो भएको बताइएको छ ।
निर्माणाधीन ग्रीन सिटी पार्क भित्र पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच राष्ट्रिय झण्डा राखिएको हो ।
आज पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरेर अग्लो उचाइमा झन्डोत्तोलन गरिएको छ । यसले इनरुवाको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

संगालोखबर 


















