संगालोखबर


विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको छ । थुनुवाको हातहातमा किताब अभियान सुरु गरेको प्रहरी कार्यालयले सोमबार पुस्तकालय स्थापना गरेको  हो ।

पुस्तकालय स्थापनाका लागि लेटाङ नगरपालिका-३ मा रहेको न्यु श्याम पुस्तक भण्डारले २२ थान  पुस्तक पनि उपलब्ध गराएको छ ।  इलाका प्रहरी कार्यालय लेटाङमा १० जना थुनुवा छन् । यसअघि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा पनि  पुस्तकालय स्थापना गरिएको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!