संगालोखबर


विराटनगर । जल तथा मौसम विज्ञान विभागले देशका प्रमुख शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहने जनाइएको छ ।

Advertisement

पोखराको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ । जोमसोमको न्यूनतम तापक्रम १ देखि ३ डिग्री सेल्सियस र जिरीमा ३ देखि ५ डिग्री सेल्सियस रहने अनुमान छ । यस्तै जुम्लामा न्यूनतम तापक्रम ४ देखि ६ डिग्री सेल्सियस रहने विभागले जनाएको छ ।

धरान र भैरहवामा पनि तापक्रम २९ डिग्री सेल्सियससम्म पुग्नेछ भने ओखलढुङ्गा र ताप्लेजुङ लगायतका पहाडी जिल्लाहरूमा मौसम तुलनात्मक रूपमा शीतल रहने विभागले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!