
इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । आइतबार धरानमा भएको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनबाट संघको उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सह-सचिवमा आरती थापा ‘रश्मी’ र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिब तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ र विशाल काफ्ले चयन भएका छन् ।
प्रदेश प्रतिनिधितर्फ एलएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन भट्टराई छानिएका छन् भने केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा ‘रश्मी’ चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित भएलगत्तै श्रेष्ठले प्रेस मिट, साना कार्यक्रम तथा तालिमहरू आयोजना गर्न मिल्ने हलसहितको सुनसरी शाखा कार्यालय चाँडै स्थापना गर्ने घोषणा गरेका छन् । यसका साथै नयाँ समिति मार्फत ‘न्युज पोष्टर डिजाइन’को तालिम सञ्चालन गर्ने उनको योजना छ ।

संगालोखबर 

















