
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-२ हिमाल चोकमा नालीभित्र एक युवकको शव फेला परेको छ । आज बिहान घोप्टो परेको अवस्थामा स्थानीय ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारीको शव फेला परेको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थल नजिकै साइकल पनि फेला परेको छ । रातको समयमा साइकल चढेर घर जाने क्रममा अधिकारी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नाली गहिरो भएकाले लडेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















