
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए ।
उक्त राजीनामाबारे काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको थियो । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा काँग्रेसको सभापति बनेका थिए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो ।

संगालोखबर 

















