संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा ८ अर्ब ५९ करोड ३९ लाख मात्रै खर्च गरेको छ । कुल ३५ करोड ९४ लाख ९९ हजार रुपैयाँ बजेटमध्ये प्रदेश सरकारले २३.९ प्रतिशत मात्रै खर्च गरेको हो ।

प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ७० करोड, पुँजीगततर्फ १७ अर्ब १४ करोड र वित्तीय व्यवस्थापनतर्फ १० करोड गरी कुल ३५ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Advertisement

प्रदेश लेखा नियन्त्रण कार्यालय कोशीका अनुसार हालसम्म चालुतर्फ ५ अर्ब ७० करोड ७३ लाख ८६ हजार खर्च हुँदा पुँजीगततर्फ २ अर्ब ८८ करोड ६५ लाख २२ हजार रुपैयाँ खर्च भएको छ । चालु बजेट ३०.५ प्रतिशत खर्च हुँदा विकास बजेट भने १६.८ प्रतिशत मात्र खर्च भएको कार्यालयले जनाएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले तुलनात्मक रूपमा बढी पुँजीगत खर्च गर्दै ९० करोडभन्दा बढी खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालुतर्फ करिब ९ करोड र पुँजीगततर्फ २८ लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै प्रदेश व्यवस्थापिकाले चालुतर्फ ९६ करोड ९३ लाख र पुँजीगततर्फ १९ लाख ६८ हजार खर्च गरेको छ । प्रदेश लोक सेवा आयोगले चालुतर्फ ५ करोड ४३ लाख र पुँजीगततर्फ ९ लाख ६४ हजार खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालुतर्फ १० करोड ५२ लाखभन्दा बढी र पुँजीगततर्फ ६८ लाख ३२ हजार खर्च गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कुल ५२ करोड ४८ लाख खर्च गर्दा पुँजीगत खर्च ३ करोड ५४ लाख छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयले १५ करोड ७६ लाख पुँजीगत खर्च गरेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पुँजीगत खर्च २ करोड २० लाखमा सीमित छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!