संगालोखबर


सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बस चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ लौकहीबाट पैदल इनरुवातर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी धरान-१५ का २२ वर्षीय मिलन तामाङ छन् । उनको साथबाट १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

Advertisement

यस्तै झापाको अर्जुनधारा नगरपालिका-१० का ३३ वर्षीय सुवास राई १ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!