संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित पहिरोका कारण अवरुद्ध भएको निर्माणाधीन भेडेटार-रवि-राँके सडक खण्ड सुचारु भएको छ ।

शनिबार अपराह्‍न सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको सडक आज केहीबेर अघिबाट सुचारु भएको हो । जेसीबीको सहायताले पहिरो हटाएपछि सडक सुचारु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

Advertisement

सडक सुचारु भएसँगै रोकिएका सवारी-साधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् । केहीदिन पहिले पनि नाम्जेमा सुख्खा पहिरो खस्दा झण्डै एक साता सडक अवरुद्ध भएको थियो । पहिरोको जोखिम कायमै रहेकाले सचेत भएर आवत-जावत गर्न प्रहरीले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!