संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकैदिन १२ हजार पाँच सय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला सात हजार आठ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्यमा पनि भारी गिरावट भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन सय ५५ रुपैयाँ घटेर चार हजार पाँच सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!