
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ पोखरी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रंगेली-५ का २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार सोही स्थानका अनर्जित मण्डलको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार राति करिब ९ः२० बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको बीआर ३८ एओ १७५० नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 

















