संगालोखबर
फाइल तस्वीर

विराटनगर । मोरङबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १८ हजार बढी विद्यार्थी सहभागि हुँदैछन् । चैत १९ देखि २८ गतेसम्म सञ्चालन हुने परीक्षामा मोरङबाट १८ हजार १७५ जना विद्यार्थी सहभागि हुने भएका छन् ।

साधारण धारतर्फ १६ हजार ६२०, प्राविधिक धारतर्फ ६२६ र ग्रेड वृद्धितर्फ ९२९ विद्यार्थी सहभागि हुनेछन् । छात्राको सङ्ख्या ९ हजार ५ र छात्रको सङ्ख्या ९ हजार १७० रहेको छ ।

Advertisement

मोरङमा जम्मा ६१ वटा परीक्षा केन्द्र रहने शिक्षा विकास तथा समन्वय इकाइ मोरङका परीक्षा शाखाका प्राविधिक सहायक राजन भट्टराईले जानकारी दिए ।

परीक्षामा सामुदायिक विद्यालयतर्फ १७३ र संस्थागततर्फ २२६ विद्यालयका विद्यार्थीहरू सहभागी हुने छन् । जसमा सामुदायिक विद्यालयबाट ११ हजार ४२ र संस्थागत विद्यालयबाट ७ हजार १३३ विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

प्राविधिक धारतर्फ १६ वटा विद्यालयहरू रहेका छन् । प्राविधिक धारको परीक्षा केन्द्र महेन्द्र माध्यमिक विद्यालय विराटनगर र कबीर माध्यमिक विद्यालय बेलबारीमा कायम गरिएको परीक्षा शाखाले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!