संगालोखबर


विराटनगर । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र)का अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा ईद पर्वका अवसरमा चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरिएको छ ।

Advertisement

यसअघि राजपत्रमार्फत ईद-उल-फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाउँदै सोहीअनुसार बिदा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!