
विराटनगर । विराटनगरबाट पाँच लाख ११ हजार पाँच सय मूल्य बराबरको अवैध कपडा बरामद भएको छ । भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो ।
विराटनगरको बरगाछीमा को २ ह ५७८३ नम्बरको अटोमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको कुर्तासुरुवाल नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
जसको मूल्य अन्दाजी चार लाख ३२ हजार रहेको प्रहरीले जनाएको छ । प्रहरीले कपडासहित दुई जना मानिसलाई पनि नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरीले रोडशेषबाट अन्दाजी ७९ हजार पाँच मूल्य पर्ने साडी बरामद गरेको छ । बरामद कपडा रानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















