
धनकुटा । धनकुटावासीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको छ । आज माच्छापुच्छ्रे बैंक लिमिटेड धनकुटाको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले चौधौँ ग्लोवल मनी सप्ताह अन्तरगत प्रभातफेरी निकालेका हुन् ।
बसपार्कबाट सुरु भएको र्याली मदन चोक, परिचय मोड, भीमसेनथान हुँदै भिमनारायण चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
‘होसियार ! पिन, पासवर्ड र वटीपी गोप्य राखौँ’, ‘आजको बचत, भोलिको सुरक्षित भविष्य’, ‘आम्दानी-परियोजना अनुसार ऋण लिऔं’, ‘समयमै किस्ता तिरौँ’, ‘बैंक धाउने समय बचत गर्नुहोस्’, ‘घरैमा बसी मोबाइलबाटै बिल तिर्नुहोस् र समयको सदुपयोग गर्नुहोस्’ लगायतका नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरी निकालिएको थियो ।

माच्छापुच्छ्रे बैंक धनकुटा शाखाका प्रमुख होमराज अधिकारीका अनुसार नगरवासीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको हो ।
विभिन्न बैंक वा वित्तीय संस्थाबाट अवैध रूपमा पैसा प्राप्त गर्नका लागि अनैतिक कृयाकलाप गर्ने र आपराधिक कार्य हुने गरेकाले नगरवासीलाई यस्ता गतिविधिबाट सचेत गराउन कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागि थिए ।





सन्तोष सुवेदी/संगालोखबर 

















