
विराटनगर । पहिरोका कारण गत फागुन २९ गतेदेखि अवरुद्ध भएको भेडेटार-रवि-राँके सडक खण्ड सुचारु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ नाम्जेमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको निर्माणाधीन सडक सञ्चालनमा आएको हो ।
पटक-पटकको प्रयासपछि आज बिहान करिब १० बजेबाट सडक सुचारु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
सडक माथिबाट सुख्खा पहिरो खसेपछि निर्माण कम्पनी र प्रहरीले बारम्बार अवरोध बाटो खुलाउने प्रयास गरेको थियो ।
सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको प्रयोग गरेर सवारी-साधन आवत जावत भइरहेका थिए । पहिरो हटाइएपछि पूर्णरूपमा सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















